१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

नेपालमा पनि भेटियो कोभिड–१९ को ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट जेएन.वान

नेपालमा पहिलो पटक कोभिड–१९ को ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट जेएन.वानको सङ्क्रमण पुष्टि भएको छ ।
जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन.वानको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन् । देशका विभिन्न भागहरूबाट सङ्कलन गरिएका १६ वटा पोजेटिभ नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुस २२ गते गरेको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट सात वटा नमुनामा ओमिक्रोनको सब भेरियन्ट पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार