बुटवल, पुस ।
सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेड बुटवल कालिकाका नगर शाखाले सामाजिक उत्तरदायित्वय अभियान अतर्गत विद्यालयमा सहयोग गरेको छ । बुधवार एक कार्यक्रमको आयोजना गरी बुटवल उपमहानगरापलिका वडा नम्बर ११ न्यु दुर्गा नगरमा रहेको मायादेवी जन जागृति आधरभुत विद्यालयमा १०० थान ट्रयाक शूट प्रदान गरिएको हो ।
विद्यालयमा अध्ययनतरत सबै विद्यार्थीहरुको लागि चिसो मौसममा न्यानो प्रदानको लागि ट्रयाक सुट प्रदान गरिएको बैंकका कालिकानगर शाखा प्रमुख किरण कुमार केसीले जानकारी दिए । सो कार्यक्रममा बोल्दै शाखा प्रमुख केसीले आगामी दिनमा पनि विद्यालयलाई सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए ।
सहयोग प्रदान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनकला खनाल, बुटवल उपमहानगरापलिका प्रमुख प्रसासकीय अधिकृत मित्रमणी खनाल, वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र खानाल क्षेत्री, विद्यालयका अध्यक्ष नेत्रलाल राना , बैंकका सहकर्मी रवि काफ्ले लगायतको उपस्थिती रहेको थियो ।