१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

सिमलपानी साना किसान कृषि सहकारीको छैठौँ वार्षिक साधारण सभा सम्पन्न

शितगंगा / अर्घाखाँची
लुम्बिनी प्रदेश सभा सदस्य राम्जि प्रसाद घिमिरले सहकारीले स्वरोजगर र उत्पादनलाई वृद्धि गर्दै आर्थिक स्तर उकास्नुपर्ने बताएका छन् । शेयर सदस्यहरुको बचतलाई उचित तरिकाले उत्पादनमुलक क्षेत्रमा लागानि गरेर राष्ट्रको अर्थतन्त्र माथि उठाउन सहयोग गर्नुपर्नेमा घिमिरेले जोड दिएका थिए ।
बुधवार अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ छेडामा रहेको सिमलपानी साना किसान कृषि तथा पशु विकास महिला सहकारी संस्थाको छैठौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै घिमिरेले यस्तो बताएका हुन् । शेयर सदस्यहरुलाई कृषि मार्फत आत्मनिर्भर हुनका लागि सहकारीले सहजिकरण गर्न आवश्यक रहेकोमा घिमिरेको जोड रहेको छ ।
त्यस्तै शितगंगा नगरपालिकाका संस्थापक मेयर सुर्य प्रसाद अधिकारीले आर्थिक विकासका निम्ति सहकारीहरुको अहम भुमिका रहेको भन्दै नगरपालिकाले सहकारीको अनुगमन र नियमन गर्न आवश्यक रहेको बताएका छन् ।
त्यस्तै शितगंगा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दुर्ग बहादुर वि.सी.ले यस क्षेत्रका महिलाहरुको आर्थिक अवस्था उकास्न सिमलपानी कृषि सहकारीको महत्पुर्ण भुमिका रहेको बताएका छन । आफुहरु सहकारी सङ्ग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको समेत उनले बताए।No description available.साना किसान विकास लघुवित्त वित्तिय संस्था बुटवलका प्रवन्धन गणेश भट्टराई, नरपानी कृषि सहकारीका प्रवन्धक सरस्वता आचार्य लगायतले मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा सहकारीको भवन समेत शिलान्यास गरिएको छ । प्रदेश सभा सदस्य घिमिरेले भवनको शिलान्यास गरेका हुन् ।No description available.कार्यक्रममा नगर कृषि शाखा प्रमुख अनिल शर्मा, कृषि तथा पशु शाखा प्रमुख गणेश थापा, वडा सदस्यहरु, सहकारीका शेयर सदस्य, कर्मचारी, विभिन्न विद्यायका शिक्षक, स्वास्थ्य कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिध लगायतको उपस्थिती रहेको कार्यक्रम सहकारीका वरिष्ठ उपाध्यक्ष राधा पौडेलको स्वागत तथा सञ्चारकर्मी अनिता क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार