अर्घाखाँची / पौष २५
जिल्लाको सदरमुकाममा आज एकजना ब्यात्तिलाई घरमै गएर अपाङ्गता परिचय पत्र वितरण गरिएको छ ।
सन्धिखर्क नगरपालिका वडा न.२ भद्री खोला निबासी बिष्णु के. सि. कामको सिलसिलामा भारतमा प्यारालाइसिस (पक्षघात) जस्तो ठुलो रोग लागेर अशक्त, हिंड्डुल गर्न नसक्ने अबस्थामा भएको हुँदा सन्धिखर्क नगरपालिका अपाङ्गता परिचयपत्र समन्वय समितिको टिम सन्धिखर्क नगरपालिका उपप्रमुख श्री मिश्र आचार्यको संयोकत्वमा सन्धिखर्क नगरपालिका वडा न.२ का वडा अध्यक्ष मोतिजङ्ग रायमाझी, सन्धिखर्क नगरपालिका कार्यालयका महिला बालबालिका तथा जेष्ठ नागरिक प्रमुख बेलकुमारी परियार, डा.गोपाल मुखिया सहित समितीका सदस्यहरु के.सि.को घरमा नै पुगि अपाङता परिचय पत्र प्रदान गरेका थिए ।
परिचय पत्र प्राप्त गर्नु अधिकार भएतापनि कार्यालय सम्म धाउन नसक्ने अवस्थालाई मध्यनजर गर्दै अपाङ्गतालाई वितरण गरिने परिचयपत्र अपाङ्गता भएका के.सि.को घरमा नै पुगेर परिचय पत्र वितरण गरिएको थियोे ।