भालुवाङ्ग बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १२ पुग्यो

पुस २८– नेपालगञ्जबाट काठमाण्डौको लागि छुटेको रात्रि बस गएराति दाङको भालुवाङमा पल्टिँदा १२ जनाको ज्यान गएको छ । भे १ ख ३९१२ नम्बरको बस गएराति राप्ती पुलबाट खसेर पल्टिएकोे इलाका प्रहरी कार्यालय भालुवाङ देउखुरीले जनाएको छ । बस पल्टिँदा अरु २३ जना यात्रु घाइते भएका छन् ।

ज्यान गुमाउनेहरुको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले बताउनुभयो । शवलाई लमहीको अस्पतालमा पठाइएको छ । २३ जना घाइतेलाई उपचारका लागि बुटवल र नेपालगञ्ज पठाइएको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार