८ बैशाख २०८२, सोमवार
८ बैशाख २०८२, सोमवार

प्रथम वडा अध्यक्ष कप क्रिकेटको फाइनल समिकरण पुरा

पाणिनी / अर्घाखाँची ।
पाणिनी गाउँपालिकाको वडा न. ६ धातिवाङको आयोजनामा संचालन भैरहेको प्रथम वडा अध्यक्ष कप क्रिकेटको फाइनल समिकरण पुरा भएको छ । आज सोमवार सेमिफाईनलका खेलहरु सकिएपछि फाईनल खेल्ने टिमको टुङ्गो लागेको हो ।
आज भएको पहिलो सेमिफाईनलमा वडा न. ७ अड्गुरीलाई हराउँदै वडा न. ५ मैदानले फाईनलका लागि आफुलाई पक्का गरेको थियो । १०९ रनको मध्यम लक्ष्य सहित ब्याटिङका लागि मैदान प्रवेश गरेको अड्गुरीलाई मात्र ४९ रनमा अल आउट गर्दै मैदानले आफ्नो फाईनल यात्रा पक्का गरेको थियो । खेलको म्यान अफ दि म्याच मैदानका राजन बेल्वासे बनेका छन् उनले एक्लै ४ विकेट लिएका थिए । बेल्वासेको अल राउण्ड प्रदर्शमा मैदानको जित सहज बनेको थियो । उनले ब्याटिङमा पनि उत्कृष्ट पारि खेलेका थिए ।
यस्तै आजै सम्पन्न दोस्रो सेमिफाईनलमा आयोजक वडा न. ६ धातिवाङ पाइनल प्रवेश गरेको छ । खेलका दौरान विवाद भएपछि सहमतिको प्रयास गरिएको भएपनि पालिले असन्तुष्टि जनाउदै खेलमा फर्कन नमानेको र अम्पायरले दिएको समयभित्र मैदान प्रवेश नगरेको भन्दै धातिवाङलाईलाई विजेता घोषणा गरेका थिए । धातिवाङका लागि राजकुमार सारु एक्लैले ६६ रनको योगदान गरेका थिए ।
फाईनल खेल भोलि मंगलवार ११ बजेर ३० मिनेटमा शुरु हुने आयोजकले जानाकारि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (33%)
  • दुःखी (0%)
  • अचम्मित (42%)
  • हाँस्यास्पद (25%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार