२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

प्रथम वडाध्यक्ष कप क्रीकेट प्रतियोगिताको उपाधी धातिवाङलाई

अर्घाखाँची ।
पाणिनी गाउँपालिका वडा न. ६ धातिवाङमा आयोजित प्रथम वडाध्यक्ष कप क्रीकेट प्रतियोगिताको उपाधी धातिवाङले हात पारेको छ ।

वडा नम्बर ६ मा रहेको थामकाचौर खेल मैदानमा भएको खेलमा धातिवाङले मैदानलाई ४९ रनले पराजित गर्दै उपाधि आफ्नो पेल्टामा पार्न सफल भएको हो ।

धातिवाङले निर्धारित २० ओभरको खेलमा टस जितेर फिल्डिङ रोजेको मैदानलाई १ सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । खेल गत पौष २६ गते देखि सुरु भएको थियो ।

१ सय ६८ रनको लक्ष्य पछ्याउदै ब्याटिङ शुरुगरेको मैदानले १८ ओभरमा १ सय १९ रन जोड्दै अल आउट भएपछि उपविजेतामा चित्त बुझाएको छ ।
No description available.धातिवांङका लागि प्रीतम रास्कोटिले सर्वाधिक ५३ रन सहित अर्धसतकिय पारी खेल्दा मैदानका लागि दिपक बेल्बासेले सर्वाधिक २८ रन बनाएका जोडेका थिए । यद्यपि उनले आफ्नो समुहलाई जित दिलाउन भने सकेनन ।
जितसंगै उपाधी बिजेता धातिवाङले १८ हजार नगद सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता बन्दै मैदानले १२ नगद हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

पाणिनी गाउपालिका वडा नम्बर ६ धातिवाङले आयोजना गरेको वडास्तरिय क्रीकेट प्रतियोगितामा ९ समुहको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (59%)
  • दुःखी (14%)
  • अचम्मित (5%)
  • हाँस्यास्पद (14%)
  • आक्रोशित (9%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार