१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

पि.एम. कप एकदिवसीय क्रिकेटमा कर्णालीसँग लुम्बिनी पराजित

काठमाण्डौ ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश कर्णाली प्रदेशसँग पराजित भएको छ । आज भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा कर्णालीले लुम्बिनीलाई ६० रनले हराएको हो ।

कर्णालीले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४१ ओभर २ बलमा १ सय २४ रन बनाउँदा अल आउट भयो । लुम्बिनीका कृष्ण कार्कीले सर्वाधिक ४७ रन बनाए । कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनायो । कर्णालीका दिनेश अधिकारीले नट आउट ५६ र दिपेन्द्र रावतले ४७ रन बनाए । लुम्बिनीका निर्मल गुरुङ र अभिषेक गौतमले समान ३ विकेट लिए ।

यो जितसँगै कर्णाली ३ खेलमा ४ अङ्कसहित पाँचौँ स्थानमा पुगेको छ । लुम्बिनी ३ खेलमा २ अङ्कसहित आठौँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार