काठमाण्डौ ।
कोरोना भाइरस विरुद्धको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि सरकारले विसर्जन (डिस्पोजल) को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरि म्याद सकिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसर्जन गर्ने तयारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले खोपलाई धेरै तापक्रममा वा इँटाभट्टामा राखेर जलाउने भन्नेमा छलफल भइरहेको जानकारी दिनुभयो ।
बुस्टर डोजका लागि प्रयोग हुन नमिल्ने भएपछि विगत साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा खोप थन्किएको उहाँको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ०ले बुस्टर डोजका लागि प्रयोग नगर्न भनेको र पहिलो र दोस्रो मात्रा खोप लगाउने मानिस नभएपछि खोपको प्रयोग नभएको बताउनुभयो ।
कोरोना भाइरस विरुद्धको ४० लाख मात्रा खोप विसर्जन (डिस्पोजल) को तयारी
तपाईको प्रतिक्रिया