१ असार २०८१, शनिबार
१ असार २०८१, शनिबार

माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ गते संचालन हुने

काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ गते संचालन हुने भएको छ।

एसईई चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेको हो। हिजो (आइतवार) बसेको परीक्षा बोर्डको बैठकले एसईई सो मितिमा गर्ने निर्णय गरेको हो।

बोर्ड अध्यक्ष डा महाश्रम शर्माका अनुसार परीक्षाका तालिका अनुसार चैतको पहिलो साताबाट परिक्षा गराउदा बीचमा फागु पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको  छ। यस वर्ष चैत ११ र १२ गते होली/फागु परेको छ।

यो वर्षको एसईई परीक्षा दिन ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार