२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

राष्ट्रिय स्वतन्त्र पार्टी पाणिनीको वैठक दुर्गाफाँटमा सम्पन्न

अर्घाखाँची

राष्ट्रिय स्वतन्त्र पार्टी पाणिनीको वैठक दुर्गाफाँटमा सम्पन्न भएको छ ।
पार्टीका जिल्ला संयोजक हरिप्रसाद भुसालको विशेष उपस्थितीमा सम्पन्न बैठकले माघ २० को खुला सभा लक्षित प्रचार प्रसार तिव्र बनाउने निर्णय गरेको छ ।
पालिका स्तरमा व्यापक प्रचार प्रसार गरी खुला सभामा बढीभन्दा बढी उपस्थिती गराउने निर्णय भएको पालिका संयोजक बाबुराम घिमिरेले जानकारी दिनुभयो ।
बैठकले पाणिनी १ निवासी हरिप्रसाद पौडेल र पाणिनी ७ निवासी शेषराज पौडेललाई तदर्थ समितिको सदस्यमा थप समेत गरेको छ ।
बैठकमा जिल्ला संयोजक भुसालले सवैले विगत विर्सिएर नयाँ जोसका साथ संगठन निर्माणमा लाग्नुपर्ने बताउनुभयो । “हामी को कहाँबाट आयौं, विगत के थियो सम्झन जरुरत छैन ।” भुसालले भने “रास्वपाको जिम्मेवारीमा आइसकेपछि इमानका साथ काम गरौं । हामीलाई इमान गुमाउने छु छैन र हुनसक्दैन ।”
वैठकले रास्वपा मालारानी सभापति विक्रम महतको समेत उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार