जिल्ला महिला युवा संघ अर्घाखाँचीको भेला सन्धिखर्कमा सम्पन्न

अर्घाखाँची

अखिल नेपाल महिला संघ अर्घाखाँचीको आयोजनामा जिल्ला महिला युवा संघको भेला आज जिल्लाको सन्धिखर्क स्थित मदन आश्रीत स्मृति भवनमा सम्पन्न भएको छ ।

नेकपा एमाले निकट युबा महिलाहरुको साझा संस्थाको रुपमा सङ्गठन निर्माण गर्ने उद्धेश्य सहित महिला युबाहरुको भेला सम्पन्न गरेको आयोजकले बताएको छ । भेलालाई सम्बोधन गर्दै अनेम संघ केन्द्रिय समितिका स्थायी समिती सदस्य बिजुला रायमाझीले हरेक क्षेत्रमा युबाहरुको अनिवार्य उपस्थिति बिना बिकासका संभावना सार्थक नहुने उल्लेख गरेकि छन ।

प्रतिनिधि सभाका सदस्य समेत रहेकी रायमाझीले सङ्गठनको अर्थ र महत्वको बारेमा बताउँदै जुनसुकै क्षेत्रमा पनि युबाहरुको कम्तीमा ३३  प्रतिशत सहभागीता सुनिश्चित हुनुपर्नेमा जोड दिएकी हुन ।

नेकपा एमाले जिल्ला उपाध्यक्ष इश्वरा पोख्रेल, अनेम संघ केन्द्रीय सदस्य माया भुसाल, युवा संघ प्रदेश सदस्य पवित्रा  सपकोटा लगायतले भेलालाई सम्बोधन गरेका थिए । उनीहरुले युवाहरु सङ्गठित हुँदै समाज परिवर्तनका संबाहक हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम अखिल नेपाल महिला संघ अर्घाखाँचीका अध्यक्ष दिपा आचार्यको अध्यक्षता, अखिल महिला युवा संघ अर्घाखाँचीका संयोजक  माया पन्थीको स्वागत तथा मेनुका पौडेलको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला परियार
लेखकको बारेमा

कमला परियार

परियार पाणिनि न्युज डट कमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार