१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

नेटा, टोड्के, उपल्ल्लो अमजा, तल्लो अमजा सम्मको मोटर बाटो स्तर उन्नतिको उद्घाटन

अर्घाखााची ।
पाणिनि गाउँपालिका वडा न ५ मैदान अर्घाखााचीको नेटामा नेटा, टोड्के, उपल्ल्लो अमजा, तल्लो अमजा सम्मको मोटर बाटो स्तर उन्नतिका लागि आज उद्घाटन भएको छ ।
No description available.लुम्विनी प्रदेश सभाका सांसद गिरिधरिलाल न्यौपानेको पहलमा २५ लाख रकम छुट्टाइ मोटरबाटोको स्तरउन्नतिको काम शुरु भएको बताईएको छ । पाणिनी ५ अन्तरगत साविक मैदान गाविसको वडा न ७ का केहि जेष्ठ नागरिक लाई दोस्ल्ला ओडाएर समेत सांसद न्यौपानेले सम्मान गरेका छ्न ।No description available.लुम्विनी प्रदेश सभाका सांसद गिरिधरी लाल न्यौपानेको प्रमुख आथित्य र लुम्विनी प्रदेश सभाका सांसद रामजी प्रसाद घिमिरेको विशिष्ट आथित्यमा कार्यक्रम सम्पनन भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य कमल प्रसाद घिमिरे, पाणिनि ५ मैदानका पुर्व वडा अध्यक्ष जिवलाल घिमिरे साथै स्थानियहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथी न्यौपानेले आज आफ्नो ठाउँमा केही गर्न पाउँदा आफू गौरवान्वित भएको बताएका छन् । न्यौपानेले भने अहिले बाटो स्तर उनन्ती को लागि बजेटको ब्यवस्था भएको छ र आगामी दिनहरुमा पनि यहाँको आवस्यकता अनुसार प्रदेश सरकारबाट बजेट ल्याउन पहल गर्ने छौँ ।जेष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा अझ खुशि लागेको बताउँदै सांसद न्यौपानेले दिर्घ जिवन र सु स्वास्थ्इका लागि कामना समेत गरेका छन् । आगामी दिनमा आफुले गर्न सक्ने काममा दत्त चित्त भएर लाग्ने कुरामा न्यौपानेले विस्वस्त रहन अनुरोध गरेका छन् । न्यौपाने नेकपा एमालेबाट लुम्विनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हुन ।No description available.

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै लुम्विनी प्रदेस सभा सदस्य रामजी प्रसाद घिमिरेले आफ्नो यो दोस्रो कार्यकाल रहेको उल्लेख गर्दै पहिले निर्वाचित भै ५ वर्ष मा आफ्नो निर्वाचित क्षेत्रमा ४ अर्व रुपैया प्रदेश सरकारको बजेट ल्याउन सफल भएको र सोही अनुसार विभिन्न बिकास निर्माणका कामहरु अगाडि बढिरहेको बताएका छन् । पाणिनीमा पक्की पुल, सड्क तथा खेल मैदान, खानेपानी लगायतका बिकास निर्माणका कामहरुले तिब्रता पाएको घिमिरेले बताएका हुन् । घिमिरेले अब पनि जनताको सेवामा लागिरहने र बिकास निर्माणका कामलाई निरन्तर दिने कुरामा विश्वस्त रहन आग्रह गरेका छन् । हामिलाई जनता ले निर्वाचित गरेर पठाउनु भएको हो, यो हामिले भुल्नु हुदैन भन्दै घिमिरेले भने जनताको माग अनुरुप आफुले काम गर्ने र कुनै समस्या भएमा मलाइ नै भन्नू होला, हामी काम गर्नका लागि निर्वाचित भएका हौँ, हामिलाई बहाना बाजि गर्ने छुट छैन।साथै घिमिरेले सम्मानित जेष्ठ नागरिकलाई अनुभवको भण्डार भन्दै सुस्वास्थ्य र दिर्घायुका लागि कामाना समेत गरेका छन् ।No description available.

कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका सदस्य कमल प्रसाद घिमिरेले मन्तव्य राख्दै अझ बिकास निर्माणमा लाग्न र जनताको माग अनुरुप काम अझ द्रुत गतिमा गर्न सांसद द्धयलाई आग्रह गरेका थिए । आफू यहाँबाट गर्नुपर्ने समन्वयकारी भुमिकामा सधै तत्पर रहेको घिमिरेले बताएका छन् ।

कार्यक्रम पाणिनी ५ मैदानका वडा अध्यक्ष इन्द्रामणी घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको समापन गर्दै वडाध्यक्ष घिमिरेले स्थानीय तहमा बजेट कम हुने भन्दै यसै वडाका दुई दुई जना संसद हुदाँ प्रशस्त बजेटका लागि पहल गरि विकास निर्माणमा अभिभावकत्व लिईरहन सांसद द्धयलाई आग्रह गरेका थिए । स्थानीय खगेश्वर घिमिरेको स्वागत र लिलापती घिमिरेको संचालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (44%)
  • दुःखी (11%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (44%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार