अर्घाखाँची / ढाकावाङ्ग। स्वर्गीय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठान ढाकावाङ्गको भेला माघ १२ गते शुक्रबार हुने भएको छ।
मंगलबार सम्पन्न प्रतिष्ठानको बैठकले आगामी माघ १२ गते शुक्रबार दिनको १ बजे तेस्रो भेला पिपलनेटामा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष खड्कबहादुर थापाले बताउनुभयो।
नेपालको बाम-लोकतान्त्रिक आन्दोलनका कर्मठ योद्धा तथा शिक्षाप्रेमी, समाजसेवी, विश्व मावि ढाकावाङ्गका तत्कालीन प्रधानाध्यापक स्वर्गीय कुलानन्द बन्जाडेको सम्झनामा स्थापना गरिएको प्रतिष्ठानले तेस्रो भेला गर्न लागेको र उक्त भेलाबाट नया नेतृत्व चयन गरिने उपाध्यक्ष भुवानन्द भुसालले जानकारी दिनुभयो।
स्व. बन्जाडेको २०६३ जेठ १६ गते ५८ वर्षको उमेरमा हृदयाघातका कारण असमायिक निधन भएको थियो।