११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

सरस्वती आ. वि. मा १२० जना बिद्यार्थीलाई पोसाक तथा न्यानो कपडा बितरण

अस्लम अलि / अर्घाखाँची ।
छत्रदेव गाउँपालिका वडा नं. ६ चौवाह स्थित श्री सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत सम्पुर्ण बालबालिकाहरुका लागि बिधालय मा कार्यक्रम गरि विद्यालय पोशाक तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका करिब १२० जना विद्यार्थीहरूका लागि अर्घाखाँची ठूलापोखरा रूपन्देही महिला बचत समुहले न्यानो कपडा (स्वेटर) वितरण गरेको छ भने र विद्यालय पोशाक वितरणका लागि यसै वडामा स्थायी जन्मभूमि भई रोजगारीका सिलसिलामा कतारमा रहनुभएका यूवाहरु कृष्ण प्रसाद पन्थीले २० हजार, बलराम पन्थीले ३५ हजार, रामप्रसाद पौडेल ३५हजार ,कृष्ण पौडेल (टोमलाल)२० हजार र हुमलाल पन्थीले ३ हजार नगद सहयोग उपलब्ध गराएका छ्त्रदेव गाउँपालिका ६ नम्बर वाड अध्यक्ष कमल पौडेल जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (20%)
  • दुःखी (40%)
  • अचम्मित (20%)
  • हाँस्यास्पद (20%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार