४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

गुणस्तरीय शिक्षाका लागि सबैको सहकार्य आवश्यक छ : नगरप्रमुख थापा

१२ माघ, अर्घाखाँची
माधव खनाल
अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकार, बिद्यालय ब्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकहरु बिचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

शुक्रबार भुमिकास्थान नगरपालिका वार्ड न १ मा रहेको बाल शिक्षा माध्यमिक बिधालय भुमिकास्थान नगरपालिका वार्ड न १ ढाकावाङ्ग साम्नेगाउँको ४९ औं वार्षिक उत्सव तथा अविभावक दिवसको एवंम स्वर्गीय गिरिराज ,मिना खनालको अक्षय कोषकोछात्रवृत्ति बितरण एवम दोस्रो त्रैमासिक परिक्षाको पुरस्कार बितरण कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले सामुदायिक विद्यालयबाट प्राप्त हुने शिक्षा सर्वसुलभ र आम नागरिकको पहुँचमा पुर्याउने गरि गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि स्थानीय सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका हुन् ।

समृद्धिको लागि असल र जिम्मेवार नागरिक उत्पादन गर्न बिद्यालयमा शिक्षक शिक्षिकाको भुमिका महत्त्वपूर्ण हुने भएकोले सबै जिम्मेवार भएर आ आफ्नो जिम्मेवारी पुरा गर्नुपर्नेमा थापाले जोड दिएका छन् । सामुदायिक बिद्यालय प्रती विद्यार्थी र अभिभावकले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन बिद्यालय प्रशासन र बिद्यालय ब्यवस्थापन समिति बढी जिम्मेवार भएर लाग्नुपर्ने भन्दै समयानुकूल आफुलाई नयाँ प्रबिधिसँग जोडेर विद्यार्थी सिकाईलाई समय सापेक्ष परिस्कृत बनाउदै लैजानुपर्ने नगरप्रमुख थापाले आग्रह गरेका थिए

त्यस्तै कार्यक्रममा नगर शिक्षा प्रमुख तुवलाल सापकोटाले बिद्यालय आर्थिक भौतिक र शैक्षिक सुधारको लागि बिद्यालय प्रशासनले सबैसँग समन्वयकारी भुमिका निर्वाह गर्दै अगाडि पढ्नुपर्ने बताएका छन । शिक्षकले विद्यार्थीको मनोबिज्ञान रुचि बुझेर पठनसीप बिकास गर्न सुझाव दिएका छन् । विद्यार्थीको रुचि अनुसार पठनपाठनलाई बिद्यार्थी माझ लैजानुपर्ने उहाँले शिक्षकहरुलाई आग्रह गरेका छन् ।
वार्षिकोत्सब कार्यक्रममा विद्यालयका प्रधानाध्यापक युवराज खनालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भुमिकास्थान नगरपालिका वार्ड न १ का वाड सदस्य मेघराज खनाल गोपाल नेपाली विद्यालयका पुर्व प्रधानाध्यापक हिमलाल खनाल पुर्व शिक्षक धर्मराज खनाल बिधालय ब्यबस्थापन समितिका पुर्व सदस्य हिमन्ता खनाल लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष कासिराम गमालको अध्यक्षता शिक्षिका कृष्णा रोकाको स्वागत र शिक्षक चेतबहादुर थापाको संचालनमा सम्पन्न भएको शिक्षक नारायण बेल्बासेले जानाकारि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार