३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

नेपाल १९ वर्षमुनिको विश्वकप क्रिकेटको सुपर सिक्समा पुग्न सफल

अफगानिस्तानलाई हराउँदै नेपाल १९ वर्षमुनिको विश्वकप क्रिकेटको सुपर सिक्समा पुग्न सफल भएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्सको यात्रा पक्का गरेको हो। अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमामा ९ विकेट गुमाएर भेटायो । नेपालका कप्तान देव खनालले अर्धशतकीय पारि खेल्दै ८९ बलमा ५८ रन बनाएर आउट भए । यस्तै दीपक बोहराले २७ रन जोडे । अफगानिस्तानका फरिदून दाउदजाईले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४० ओभर १ बलमा एक सय ४५ रन बनाउँदा अल आउट भयो । अफगानिस्तानका मोहम्मद घजनफरले सर्वाधिक ३७ रन बनाए । नेपालका आकाश चन्द एक्लैले ५ विकेट लिए ।

नेपाल समूह डी मा तेस्रो हुँदै सुपर सिक्स पुगेको हो । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । नेपाल रहेको समूहबाट पाकिस्तान र न्युजिल्यान्ड पनि सुपर सिक्समा पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार