२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

सन्धिखर्क पोलिक्लिनिकले वार्षिक उत्सवको अवसरमा निशुल्क स्वास्थ शिबिर संचालन गर्ने

अर्घाखाँची ।
सन्धिखर्क पोलिक्लिनिक प्रा.लि.ले आफ्नो दोश्रो वार्षिक उत्सवको अवसरमा यहीँ माघ १३ गते शनिबारका दिन बिशेष सहुलियतका साथ निशुल्क विशेषज्ञ स्वास्थ शिबिर संचालन गर्ने बताएको छ ।
शुक्रवार आफ्नै पोलिक्लिनिकमा पत्रकार सम्मेलनको आयोजना गरि शिबिर संचालन गर्ने बारे जानकारी गराएको हो ।
शिबिरमा विशेषज्ञ चिकित्सक शुल्क निशुल्क , सुगर परिक्षण (fbs/pp/Rbs) निशुल्क , थाइराइट परिक्षण रु.१२०० को ५०% छुट गरि रु.६००,भिडियो एक्सरे सेवा ९०० को २५% छुट गरि रु.६७५,डिजिटल एक्सरे ५००को २५% छुट गरि रु.३७५,Ecg ४००को २५% छुट गरि रु.३००,अन्य प्रयोगशाला परिक्षणमा २५% छुट ,औषधिहरु निशुल्क बितरण बाहेक किन्नु पर्ने भएमा ५% छुट ,सधै औषधि सेवन गर्नु पर्ने बिरामीहरुलाई सहुलियत उपचार कार्ड बितरण( औंषधिहरुमा ५% र प्रयोगशाला जाचमा १०% छुट ) दिने उल्लेख गरिएको छ ।
प्रालिले सामाजिक क्षेत्रमा काम गर्ने उदेश्यका साथ सेवाको भाबनाले शिबिर संचालन गर्न लागेको प्रालिका संचालक राजेन्द्र प्रजापतिले बताएका छन शिबिरमा मानसिक रोग विशेषज्ञ तथा काइनोलोजिस्ट डाक्टरहरु आउने बताइएको छ ।
प्रालिले केही दिनमै जिल्लाका छ वटै स्थानीयतहमा विशेषज्ञ सहितको निशुल्क स्वास्थ शिबिर संचालन गर्न लागिएको उल्लेख गरिएको थियो प्रालि लाई निबृत रास्ट्रसेवक समाज नेपाल अर्घाखाँचीको समर्थन रहेको समाजका अध्यक्ष बिष्णु प्रसाद भुसालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार