१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

नेपाललाई भारतको २ सय ९८ रनको लक्ष्य, लक्ष्य पछ्याउदै नेपाल

आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटअन्तर्गत ‘सुपर सिक्स’ मा नेपाललाई भारतले २ सय ९८ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा टस जितेर ब्याटिङ गरेको भारतले ५० ओभरमा मात्र ५ विकेट गुमाएर २ सय ९७ रन बनायो । भारतका दुई जना खेलाडीले शतक बनाए । सचिन दासले १ सय १६ र कप्तान उदय शरन सय रन बनाएर आउट भए । भारतले ६२ रनमा ३ विकेट गुमाएको अवस्थामा सचिन र उदयले चौथो विकेटका लागि २ सय १५ रनको साझेदारी गरे । नेपालका गुलसन झाले ३ र आकाश चन्दले १ विकेट लिए ।
‘सुपर सिक्स’ मा नेपालको यो अन्तिम खेल हो । ‘सुपर सिक्स’ को पहिलो खेलमा नेपाल बङ्ग्लादेशसँग ५ विकेटले पराजित भएको नेपालको सेमिफाइनल पुग्ने सम्भावना ‘सुपर सिक्स’ अघि नै सकिएको थियो । समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल ‘सुपर सिक्स’ मा पुगेको थियो । नेपाल समूह चरणमा पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो ।लक्ष्य पछ्याउदै नेपालले अहिले जवाफि ब्याटिङ गरिरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार