२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

पश्चिम नेपालका विभिन्न स्थानमा वर्षा र कतिपय स्थानमा हिमपात

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भएको छ । देशको पश्चिमी क्षेत्रबाट पश्चिमी वायु पुनः सक्रिय भएसँगै यी क्षेत्रमा वर्षासँगै हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैविच अर्घाखाँची र आसपासका जिल्लामा समेत आज सामाँय वर्षा सँगै चिसो पनि बढेको छ ।
पश्चिमी वायुका कारण बादल पूर्वतिर सर्दै गइरहेको र बेलुकीसम्म बाग्मती सहित पूर्वका जिल्लामा पानी पर्ने क्रम बढ्ने मौसमविद् अधिकारीले बताउनुभयो । यी क्षेत्रमा १० मिलिमिटरसम्म पानी पर्न सक्ने र भोलि बेलुकीदेखि मौसममा सुधार हुँदै जाने महाशाखाको अनुमान रहेको छ । पश्चिमी वायु सक्रिय भएसँगै तराई मधेसमा हुस्सु, कुहिरो हटेर मौसममा सुधार हुँदै गइरहेको छ ।
यस वर्ष हुम्लामा चौथो पटक हिमपात भएको हो । बिहानदेखि हिमपात भइरहँदा जनजीवन कष्टकर बनाएको र हिमपातका कारण हुम्लामा हवाई सेवा समेत रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार