१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

अर्घाखाँचीका पत्रकार के.सि. लाई सृजनशिल पत्रकारिता पुरस्कार’

सिर्जनशिल पत्रकारिता पुरस्कारबाट अर्घाखाँची बाँगीका पत्रकार वीरेन्द्र केसी पुरस्कृत भएका छन् ।

कान्तिपुर दैनिकका उपसम्पादक तथा अर्घाखाँची वरिष्ठ पत्रकार वीरेन्द्र केसी लुम्बिनी प्रदेश सरकारले यस वर्ष प्रदान गरेको ५० हजार राशीको ‘सृजनशिल पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएका हुन ।

लुम्बिनी प्रदेशका सातौं स्थापना दिविसको अवसरमा आइतबार आयोजित राजधानी राप्ती उपत्यका देउखुरीमा भएको कार्यक्रममा लुम्बिनी का प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट सम्मानित तथा पुरस्कुत भएका हुन ।

पत्रकारिता मार्फत समाज रुपान्तरणमा खेलेको भुमिकालाई मुख्याङ्कन गर्दै उनलाई पुरस्कृत गरिएको हो । 

पत्रकार केसी यस अघि यसै वर्ष राष्ट्रपति रामचन्द्र पाैडेलकाे उपस्थितिमा सञ्चारमन्त्री तथा सरकार प्रवक्ता रेखा शर्माबाट प्रेस काउन्सिल नेपालबाट युवा पत्रकारिता पुरस्कार बाट समेत सम्मानित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार