३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

बेल्वासेको निधन , एक अपुरणीय क्षती

शोभाखर पन्थी
अर्घाखाँची/ माघ-२२

सामाजिक अगुवा मोतिलाल बेल्वासेको निधनले जिल्लालाई अपुरणीय क्षति भएको भन्दै एक कार्यक्रमका वक्ताहरुले दु:ख व्यक्त गरेका छन् ।
दिवंगत वयोवृध्द समाजसेवी मोतिलाल बेल्वासेको नवौं दिनको पुण्य तिथिमा आयोजित शोक सभामा मन्तव्य राख्ने वक्ताहरुले स्वर्गीय बेल्वासेले सामाजिक ,राजनितिक र शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान दिएको बताए । उनिहरुले पर्दा बाहिर देखिएर भन्दा पर्दा भित्र नदेखिएर काम गर्नेको योगदान धेरै हुने भन्दै स्वर्गीय बेल्वासेले नदेखिएरै धेरै काम गरेको स्मरण गरे । दिवंगत बेल्वासेले आफुले जस्तोसुकै दु:ख कष्ट सहेर पनि घर परिवारका सदस्यलाई राजनिनिक र सामाजिक परिवर्तनको नेतृत्व गर्नको निम्ति हौसला प्रदान गरेको उनिहरुको भनाइ थियो ।
यसरी मन्तव्य राख्नेहरुमा नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसाल, नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ , नेकपा माओवादी केन्द्रका नेता पदम क्षेत्री लगायत थिए ।
नेकपा एमाले पाणिनि गाउँ पालिका कमिटीका अध्यक्ष कमल घिमिरेको संचालनमा सम्पन्न कार्यक्रम सन्धिखर्क नगरपालिकाका पु्र्व नगर प्रमुख कमल भुसाल, भुमिकास्थान नगरपालिकाका पुर्व नगर प्रमुख रेशम थापा,नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य कुटमदिन अलि,केवी भुसाल,जिल्ला कमिटी सचिब तोजबहादुर रायमाझी (विधान),नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण खनाल लगायतको उपस्तिथी रहेको थियो । स्वर्गीय वेल्वासे नेकपा एमालेका नेता तथा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोईरालाका पिता हुनुहुन्छ ।No description available.उहाँको ८१ वर्षको उमेरमा यहि २०८० माघ १४ गते आफ्नै निवास पाणिनि-५ मैदानमा दु:खद निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (80%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (20%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार