४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

अर्घाखाँची : पाणिनी धातिवाङ्गको अमृत दूध डेरी

अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा नं.६ धातिवाङ्गमा अमृत दूध डेरी केहि बर्षदेखि सञ्चालनमा आएको छ । दूध डेरीले आजसम्म आउँदा राम्रो काम गरेको अमृत दुध डेरीका संचालक लोकनाथ पौडेलले बताउनुभयो । हामी किसानको समुह बनाएर दुध संकलन गरि दूध, दहि, घ्यु बनाएर बिक्रीवितरण गर्ने गर्छौं । दूध डेरीले दैनिक १०० लिटर देखि १५०लिटर माग अनुसार उत्पादन वा संकलन गरि बिक्री गरिरहेको उहाँले बताउनुभयो । उक्त डेरि संचालन गर्नका लागि अनुमानित १४० घर धुरिलाई समेटिएको छ । उक्त डेरिमा दुधको मुल्य दूध व्यवसायीले जति मुल्य निर्धारण गर्छ उहीँ मुल्य मै बिक्री गर्ने समेत उहाँले वताउनुभयो।May be an image of 2 peopleअमृत दूध डेरिले अर्घाखाँचीका विभिन्न क्षेत्र क्षेत्रमा दूध पुर्‍याउने गरेको उहाँले बताउनुभयो । उक्त डेरिमा माग अनुसार दूध संकलन गर्ने वताउनुभयो । आफ्ना ग्राहकलाई सुविधाको लागि अडर अनुसार घर घरमा पुर्‍याउने व्यवस्था रहेको पनि उहाँले बताउनुभयो । उक्त डेरि संचालन गर्दा संञ्चालक धेरै नै हर्षित छन । पाणिनी गाउँपालिकामा दूध डेरिको सख्या अलि कम भएकोले यस दूध डेरिले राम्रो वजार भाउ पनि पाउने र विक्रि गर्न पनि सहज भएको उहाँले वताउनु भयो । नेपालमा बेरोजगारीका कारण मास्टर डिग्री पढेका युवाहरू विदेशीने बांध्य भएकोले आफनो पसिना र ‌श्रम आफ्नै देशमा पोख्नु पर्छ भन्ने उदेश्यले उक्त दुध डेरी संचालन गरीएको दुध डेरी संचालक पौडेलले बताउनु भयो ‌।

संकलक : अशोक बहादुर टण्डन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार