३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

पाणिनिलाई आलुवीउमा आत्मनिर्भर बनाउने लक्ष्यमा धातिवाङको श्यामलाल कृषि फर्म

अशोक बहादुर टण्डन / अर्घाखाँची ||

अर्घाखाँचीको पाणिनि गाँउपालिका वडा नं ६ धातिवाङ स्थित श्यामलाल कृषि तथा मौरिपालन फर्ममा यतिवेला लाखौको विउ आलु उत्पादन भईरहेको छ । पाणिनि गाँउ पालिकामै उत्कृष्ट उदाहरण प्रस्तुत गर्नेगरी विगत तीन वर्षदेखी आलु वीउ उत्पादन लाई नै प्राथमिकतामा राखेर पेशागत कृषि प्रणालीमा लागेको श्यामलाल कृषि तथा मौरीपालन फर्मका संचालक श्यामलाल पौडेलले वताउनु भएको छ ।

पाणिनि गाँउपालिका ६ धातिवाङको जिमिरेमा २१ ओटा अस्थायी टनेल र १ स्थायी टनेल निर्माण गरी व्यावसायिक कृषि पेशा सुरु गरेका पौडेललाई यतिवेला स्थानीय सरकार र कृषि ज्ञान केन्द्र अर्घाखाँचीले समेत सपोट गरेको छ । पाणिनि गाँउपालिकामा उदाहरणीय कार्य गर्नेगरी वीउ आलु उत्पादमा लागेका पौडेलले गतवर्ष ४२ क्वीनटल आलु भैरहवा स्थित चिस्यान केन्द्रमा पुग्याएका पौडेलले यसवर्ष १२५ क्लवीट लक्ष्य विउ उत्पादन गर्नेगरी योजना वनाएको वताउनु भएको छ । पाणिनि गाँउपालिका को ५०% अनुदान र व्याक्तिगत ५०% लगानीमा संचालन गरिएको आलुविउ उत्पादन कार्यक्रमलाई आगामी वर्षमा पाणिनि गाँउपालिकालाई आवश्यक आलुविउ उत्पादन गरी पाणिनि गाँउपालिकालाई आलु विउ उत्पादन को क्षेत्रमा आत्मनिर्भर वनाउने लक्ष्यमा लागेको वताउनु भएको छ ।

पाणिनि गाँउपालिका ६ धातिवाङ स्थित वाँझो जग्गा लिजमा लिएर संचालनमा आएको कृषि फ़र्मवाट कामदारको अभावमा पनि उत्पादनमा ह्रास आएको छैन । कृषि पेशा अवलम्बन गरी स्वरोज़गार वन्न चाहाने युवाहरुको लागी फुलटाईम र पार्ट टाईम रोज़गारको पनि अवसर रहेको फर्मका संचालनक पौडेलले वताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार