नेपाल र क्यानडाबीच भोलिदेखि शुरु हुने ३ वटा खेलको एकदिवसीय क्रिकेट शृङ्खलाको प्रतक्ष्य प्रसारण एक्शन स्पोर्ट्स एचडी र डिशहोम गो मा हुने भएको छ ।
प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली यसअघि नै घोषणा गरिसकेको छ । टोलीमा पौडेलसँगै आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाह छन् ।
प्रतियोगिताको दोस्रो खेल आउँदो शनिवार र अन्तिम खेल सोमवार हुनेछ । सबै खेल कीर्तिपरको त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि शुरु हुनेछ ।