अर्घाखाँची
नेपाल औषधी व्यबसायी सँघ जिल्ला समिति अर्घाखाँचीले आफ्नो २६ औँ स्थापना दिबसको अबसरमा सन्धिखर्क नगरपालिका वडा न. ५ मा रहेको रानीपोखरी आधारभुत विधालयमा रहेका विधार्थीलाई न्यानो कपडा र कापी कमल वितरण गरी मनाएको छ । विद्यालयमा अध्ययनरत २० जना विधार्थीलाई कापी कलम र १० जनालाई न्यानो कपडा वितरण गरेको नेपाल औषधी व्यबसायी सँघ जिल्ला समिति अर्घाखाँचीले जनाएको छ । २०५४ सालमा स्थापना भएको संस्थाले अर्घाखाँची जिल्लामा उल्लेखनीय काम गदै आएको छ ।
कार्यक्रम नेपाल औषधी व्यबसायी सँघ लुम्विनी प्रदेशका सल्लाहकार नारायण पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा मन्तव्य राख्दै पौडेलले जिल्लामा लामो समयदेखि स्थापना भएको संस्थाले आम नागरिकको स्वास्थ्य सुरक्षामा क्रियाशील हुँदै विषम परिस्थिति र जटिल समयमा मिर्मिरे उज्ज्यालो भएसँगै औषधि पसल खोली अहोरात्र बसेर आम विरामीलाई सेवा प्रदान गरिरहेको बताएका छन् ।
जिल्लाका जुनसुकै कुनामा पनि विपत आपत्तिको बेलामा समेत शिविर सञ्चालन गरेर जिल्ला बासीलाई सेबा प्रदान गरिरहेको बताउँदै पौडेलले संस्थाले हरेक समयमा मानवताको ख्याल राख्दै सामाजिक क्रियाकलापमा समेत क्रियाशिल रहदै विविध प्रकारका काम समेत गरेको उल्ेख गरेका छन् । कार्यक्रममा सँघका पुर्व अध्यक्ष प्रेम पछाई , लिलाराम ढुङ्गाना विधालयका प्रधानाध्यापक छबिलाल अधिकारी विधालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद भुसाल लगायतले शुभकामना मन्त्तब्य राखेका थिए । संस्थाले अर्घाखाँची जिल्लामा विभिन्न प्रकारका काम गदै आएको संस्थाका सचिब सुर्य थापाले बताए । अर्घाखाँची जिल्लामा संस्थाले व्यबसायीको हकहितको साथसाथै रक्तदान स्वास्थ्य शिविर लगायतका काम गर्दै आएको कोषाध्यक्ष विष्णु प्रसाद भुसालले समेत थपेका छन् । संस्थाका अध्यक्ष राम प्र अधिकारीको अध्यक्षता महासचिब तिलक मिश्रको सञ्चालन उपाध्यक्ष टंक भुसालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा संस्थाका पुर्व पदाधिकारी, वर्तमान पदाधिकारी, कार्यसमिति सदस्य समाजसेवी ब्याक्तित्व लगायतको उल्लेखनीय सहभागिता रहेको थियोे ।