१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

प्रहरी चौकी पालीको नव निर्मित भवन उद्घाटन

कमला घिमिरे / अर्घाखाँची
प्रहरी चौकी पालीको नव निर्मित भवनको आज एक कार्यक्रमका विच आज उद्घाटन भएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले आज नव निर्मित भवनको उद्घाटन गरेका हुन । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको मातहतमा रहने यो कार्यालयको आफ्नो भवन थिएन । कार्यक्रममा पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, प्रमुख प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले धन्यवाद मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक बिक्रम रिजालले गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दिपेन्द्र रावलले स्वागत मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. रोशन सारुले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु लगायात, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, नेपाल पत्रकार महासंघका अर्घाखाँचीका अध्यक्ष अशोक खनाल, अवकाश प्राप्त प्रहरी कर्मचारीहरू, अमर प्रहरीका परिवारहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय समाजसेवी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार