११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

प्रथम प्रकाश महत स्मृति खुल्ला क्रिकेट प्रतियोगिता सन्धिखर्कमा हुने

हरि कुँवर / अर्घाखाँची

नेपाल खेलकुद महासंघ अर्घाखाँचीको आयोजनामा आउदो फागुन ७ गतेदेखि “प्रथम प्रकाश महत स्मृति खुल्ला क्रिकेट प्रतियोगिता” हुने भएको छ ।

क्रिकेट प्रतियोगिता ७ गतेदेखि सन्धिखर्क १ मा रहेको टुंडिखेल मैदानमा संचालन गरिने भएको छ । १५ ओभरमा खेलाइने क्रिकेट प्रतियोगितामा १५ वटा टिमको सहभागी रहने आयोजकले जानकारी गराएको छ ।

प्रतियोगितामा प्रथम हुने समुहलाई पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार सहित ट्राफि,मेडल,कप सहित प्रमाण पत्रको व्यवस्था समेत रहेको छ । खेलमा अनुसासन र उत्कृष्ट खेलाडी प्रोत्साहन पुरस्कारको व्यवस्थासमेत गरेको नेपाल खेलकुद महासंघ जिल्ला अध्यक्ष हेनरी बस्नेतले जानकारी दिएका छन । ।

प्रकाश महतको देहावसानले नेकपा एमाले एवम् अर्घाखाँची जिल्लाले नै ठुलो क्षेति व्यहोर्नु परेको थियो । महतको सम्झनामा उनलाई अम्मर राख्न प्रथम प्रकाश महत स्मृति खुल्ला क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागिएको नेपाल खेलकुद महासंघ जिल्ला इन्चार्ज बिष्णु परियारले जानकारी गराएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार