अर्घाखाँची : आगोमा जलेर एक वृद्धको मृत्यु

प्रेमनारायण आचार्य / अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७ काउलेकी ८१ वर्षीया महिलाको आगोमा जलेर मृत्यु भएको छ।

घरमा खाना बनाउने क्रममा आगोले जलेर गम्भीर घाइते भएकी पार्वती पाण्डेको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख प्रहरी निरीक्षक विक्रम रिजालले बताए।

गत सोमबार आगोले जलेर घाइते भएकी उनको उपचारका क्रममा पाल्पा मिसन अस्पताल तानसेनमा आज बिहान मृत्यु भएको अर्घाखाँची प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार