अर्घाखाँची
जिल्लाको पाणिनि गाउँपालिका वडा न. ५ मैदानमा कार्यरत महिला सामुदायिक स्वस्थ्य स्वयं सेविकाको सयुक्त आयोजनामा तीन दिने भ्रमण उपलब्धिमुलक भएको भ्रमणमा सहभागिहरुहरुले बताएका छन् ।
वडा न. ५ मैदानका वडाध्यक्ष इन्द्रमणि घिमिरेको नेतृत्वमा यहि फागुन ४ गतेदेखि ७ गतेसम्म विभिन्न जिल्लामा रहेका महत्त्वपूर्ण ऐतिहासिक पर्यटकीय स्थल, अवलोकन भ्रमणमा पाणिनि गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष इन्द्रमणि घिमिरे, मैदान वडा सचिव बिमलाा भट्टराई, पालिका स्वस्थ्य शाखा सह संयोजक राम प्रसाद घिमिरे, स्वस्थ्य चौकि मैदानका इन्चार्ज जगदीश घिमिरे, महिला स्वस्थ्य स्वयं सेविकाहरु सहित ३५ जनाको टोलिले भ्रमण गरेको हो ।
अध्ययन तथा अवलोकन भ्रमण मैदानको वडा न. ५ वाट शुरु भई गुल्मीको रुरुक्षेत्र धाम, गुल्मी, पाल्पा, स्याङ्जाको संगम स्थल रिडि, रुद्रवेणि, काली गण्डकी ए जलविद्युत केन्द्र मिर्मी, नेपालकै पहिलो होम स्टे सिरुबारीमा रहेको सुन्दर बस्तीको सरसफाइ, स्वच्छ वातावरण समेतको दृश्य, मनोरञ्जन, कला संस्कृति रमणीय ठाउँको अध्ययनले गर्दा महिला स्वस्थ्य स्वयं सेविकाहरुलाई थप उर्जा मिलेको सहभागिहरुले बताएका छन् । देशकै नमुना गाउँपालिका मध्ये स्याङ्जा जिल्लाको आधिखोला गाउँपालिकाका जनप्रतिनिधिहरु, कर्मचारी र पाणिनि गाउँपालिका ५ न. वडाका जनप्रतिनिधिहरु, महिला सामुदायिक स्वस्थ्य स्वयं सेविका, स्वास्थ्यकर्मी, तथा कर्मचारी, स्वस्थ्य संस्था संचालन तथा ब्यवस्थापन समिति समेतका बीचमा स्वस्थ्य सम्वन्धि गतिविधिहरुका बारेमा अन्तरक्रियात्म सिकाई आदानप्रदान भएको थियोे,यस्तै भ्रमणका क्रममा कास्की जिल्लाको पोखरामा अवस्थित रमणीय पर्यटकिय स्थल स्तूप, गुम्बा, शिवको मुर्ति, ताल बाराही मन्दिर, सेती बेनिको शालिग्राम समेतको अवलोकन गरिएको थियो ।
वडाध्यक्ष घिमिरेले आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्नका लागि ऐतिहासिक महत्त्व बोकेका पर्यटकिय स्थल, धार्मिक स्थल, कला संस्कृति, रितिरिवाज, भेषभुषा, सामाजिक रहनसहन, बोली भाषा, स्वस्थ वातावरण समेत आदानप्रदान गर्दै यस्ता अध्ययन तथा अवलोकन भ्रमण बेला बेलामा हुनुपर्ने कुरालाई प्राथमिकता दिने बताएका थिए । अध्यक्ष घिमिरेले कोभिड १९ बाट थला परेको पर्यटन क्षेत्र उकास्न र आन्तरिक पर्यटनलाई प्रर्वद्धन गर्न यो भ्रमण फलदायि भएको समेत उल्लेख गरेका छन् ।
महिला सामुदायिक स्वस्थ्य स्वयं सेविका मैदानको अध्ययन तथा अवलोकन भ्रमण उपलब्धिमुलक
परियार पाणिनि न्युज डट कमका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया