६ फाल्गुन २०८१, मङ्लबार
६ फाल्गुन २०८१, मङ्लबार

दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ को रोमाञ्चक जित

दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई २ विकेटले हराउँदै रोमान्चक जित दर्ता गरेको छ ।

क्यानडाले दिएको २ सय ४१ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर ५ बल बाँकी छँदा भेटायो । नेपालका कप्तान सन्दीप जोराले ६६, बसिर अहमदले ५२, रशिद खानले ४७ रन बनाए । क्यानडका अमोर खलिद, शाहिद अहमदजाई र निखिल दत्तले समान २, २ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको क्यानडा अन्तिम बल बाँकी छँदा २ सय ४० रनमा अल आउट भयो । क्यानडाका श्रेयस मोभाले ६८ रन बनाए । नेपालका शाहब आलमले ३ विकेट लिए ।

यो जितसँगै ३ खेलको शृङ्खलामा १–१ को बराबरी भएको छ । पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो । शृङ्खलाको अन्तिम खेल बिहीवार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार