२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

नामिबियासँग दोस्रो खेलमा पनि नेपाल पराजित

काठमाण्डौ – आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपालले नामिबियासँग दोस्रो खेलमा पनि पराजय भोगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाले नेपाललाई २ विकेटले हराएको हो । नामिबियाले १० ओभर बाँकी छँदै ८ विकेट गुमाएर नेपालले दिएको १ सय ६९ रनको सामान्य लक्ष्य भेटायो । उसका लागि गेरहार्ड इरास्मसले सर्वाधिक ५२ र जेजे स्मितले ३४ रन बनाए । नेपालका कुशल भुर्तेलले तीन तथा दीपेन्द्रसिँह ऐरी, रोहित पौडेल, ललित राजवंशी र कुशल मल्लले एक, एक विकेट लिएका थिए ।
पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभर एक बल खेल्दै अल आउट हुनु अघि एक सय ६८ रन मात्र बनाउन सक्यो। नेपालका लागि आशिफ शेखले ५८ रन, कुशल मल्लले ३६ रन, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करन केसीले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नामिबियाका बर्नाल्ड स्कोल्ज्ड र जन निकोल लेफ्टी इटोनले चार विकेट लिए ।
यसअघि भएको पहिलो खेलमा पनि नामिबियाले नेपाललाई चार विकेटले हराएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । आजको हारसँगै नेपाल तीन खेलमा २ अङ्कसहित तालिकाको दोस्रो स्थानमा झरेको छ । यो शृङखलाको अन्तिम खेल नेपालले नेदरल्याण्ड्ससँग आउँदो आइतवार खेल्ने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार