छोराको जन्मदिनमा सुनारले गरे शैक्षिक सामग्री र पोशाक वितरण

अर्घाखाँची
जिल्लाको भुमिकास्थान नगरपालिका वडा न ३ निवासी महेन्द्र सुनारले आफ्नो १ बर्षिय छाेरा मुस्कान सुनारको पहिलाे जन्मदिनको अबसरमा जन्मदिनमा हुने खर्च कटाएर विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री पाेशाक सहयोग गनु भएको छ भुमिकास्थान नगरपालिका ३ स्थित गाैरी आधारभुत विद्यालय र प्रभाकर माध्यमिक विधालयका १२/ १२ छात्रा छात्रलाई उनले शैक्षिक सामग्री सहयोग गरेका हुन् ।

नेपाली समाजमा जन्मदिन मनाउने बहानामा विभिन्न फजुल खर्च गर्ने परम्परा बढदै गएको भन्दै सो खर्चलाई नियन्त्रण गर्दै समाज तथा बिपन्न बालबालिकामा लगानी गर्न सके एउटा सकारात्मक सन्देश जाने तथा बालबालिकाहरुको शैक्षिक स्तर आकास्न सानै भएपनि टेवा पुग्ने भनेर जन्मदिन मनाउने खर्च आफुले विधालयमा गरेको महेन्द्र सुनारले बताए । सुनार विगत लामाेसमय देखि सामाजिक काममा सत्रिय रहदै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली पाणिनि न्युज डट कमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार