२७ कार्तिक २०८१, मङ्लबार
२७ कार्तिक २०८१, मङ्लबार

दादुरा/रुबेला विरुद्धको खोप अभियानको विषयमा अन्तरक्रिया

रबिन्द्र यादव / पश्चिम नवलपरासी

१५ फागुन

प्रतापपुर गाउँपालिकामा ९ महिना देखि १५ बर्ष मुनिका बालबालिकालाई दादुरा र रुवेला विरुद्धको खोप अभियान २१ गतेदेखि सवै वडामा सुरु हुने भएको छ ।
सोमबार दादुरा र रुवेला विरुद्धको खोप अभियान अन्तरगत पालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारीहरुलाई दादुरा रुबेला खोप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रममा जानकारी दिइएको हो ।
उक्त कार्यक्रममा जनप्रतिनिधि, समाजका अगुवा, विद्यालयको प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि र संचारकर्मी कार्यक्रममा सहभागिता भएका थिए ।
पालिकाको सवै वडामा फागुन २१ गतेदेखि २८ गते सम्म खोप संञ्चालन गर्ने तयारी गरेको स्वास्थ्य शाखाका प्रमुख मन्तोष कुशवाहाले जानकारी दिए ।

वडा–वडामा बैठक र छलफल गरी खोप लगाउने केन्द्रको निर्णय गरी खोपकेन्द्रहरु वडा कार्यालयले सार्वजनिक गरिने जन स्वास्थ्य कार्यालय परासीका प्रमुख ओमप्रकाश पन्थीले बताए । वडाको सवै विद्यालयहरुमा खोपकेन्द्र राखिएको छ । दादुरा रुबेला विरुद्धको खोप अभियान जिल्लामा दुई चरणमा संचालन हुनेभएको छ ।

जिल्लाको सुनवल,रामग्राम र पाल्हिनन्दनमा १३ गतेदेखि दादुरा रुबेला विरुद्धको खोप संचालनमा छ भने सरावल,बर्दघाट,प्रतापपुर र सुस्तामा नियमित खोपका कारण २१ गतेदेखि संचालनमा ल्याइने जिल्ला जन स्वास्थ्यका प्रमुख पन्थीले बताए । दादुरा र रुवेला विरुद्धको खोप जिल्लामा १ लाख ५ हजार ४ सय ५९ बालबालिकाहरुलाई खोप लगाइने लक्ष्य लिएको उनले बताए । यसअघि दादुरा रुबेला विरुद्धको खोप लगाउन बाट जिल्लामा ४ सय ७३ जना बालबालिका छुटेको थिए जुन १ सय ४३ जना बालबालिका प्रतापपुर गाउँपालिकाको रहेका पन्थीले समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार