२९ असार २०८१, शनिबार
२९ असार २०८१, शनिबार

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग २ रनले हार बेहोरेको छ ।

नेदरल्यान्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रनमात्र बनाउन सक्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले आक्रामक पारी खेल्दै ६३ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले ५०, आसिफ शेखले ३४ रन बनाए । नेदरल्यान्ड्सका रोल्फ भान डेर मेर्वे र सायब्रान्ड एङ्गेलब्रेच्टले समान २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो । नेदरल्यान्ड्सका माइकल लेभिटले ५४, सायब्रान्ड एङ्गेलब्रेच्टले नट आउट ४९ रन बनाए । नेपालका करण केसी र कुशल मल्लले समान १ विकेट लिए ।

नेपाल पहिलो खेलमा हिजो नामिबियासँग २० रनले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार