१ चैत्र २०८२, आइतबार
१ चैत्र २०८२, आइतबार

सहिदको सपना पूरा हुने दिशामा छ : मन्त्री श्रीपालि

सँस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपालीले  सहिद कृष्ण सेन ‘इच्छुक’लगायतले देखाएको सपना पूरा हुने दिशामा रहेको बताएकी छिन । शितगङ्गा नगरपालिका वडा न. ८ मा बुधबार सहिद कृष्णसेन ईच्छुककाे स्मृति पार्क शिलान्यास  गर्दै मन्त्री श्रीपालीले यस्तो बताएकी हुन ।

 मन्त्री श्रीपालीले सहिद सेनको वैचारिक र सांस्कृतिक व्यक्तित्वको कारण संकटको बेलामा सँधै शिर उँचो राख्नको लागि प्रेरणा मिलिरहने स्मरण गदै सहिद कृष्ण सेन ईच्छुक पद, प्रतिष्ठा, मौकाको पछाडि कहिल्यै नलागी तत्कालीन सरकारको  चरम यातनाबाट  मुत्युबरण गरेको उल्लेख गरेकी थिइन ।  श्रीपालीले  सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयन मार्फत देशलाई समृद्ध र समुन्नत बनाउन सहिदहरूको सपना पूरा गर्नु आवस्यकता रहेको कुरामा जोड दिएकी छिन ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य मिना बुढा मगरले सहिदकाे सपना पुरा गर्न निरन्तर रूपमा लाग्ने बताउदै सहिदले देखाएको बाटोमा निरन्तर हिडि विकास र समृद्धिकाे यात्रामा सहकार्य गर्न सुझाव दिएकी छिन ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार विक किशोर, केन्द्रीय सदस्य छमकुमारी खनाल चिनारी प्रदेश सचिवालय सदस्य तथा जिल्ला सयाेजक राजेन्द्र भुसाल , प्रदेश सचिवालय सदस्य ठाकुर साैराग आदर्श लगायतका विभिन्न पार्टीका नेता कार्यकर्ता समाजसेवी सराेकारवाला सुरक्षााकर्मी सञ्चारकर्मी लगायतकाे उपस्थिति रहेको थियोे । अर्घाखाँची जिल्लाका विभिन्न ५ स्थानमा पर्यटन बिभागले सहिद स्मृति पार्क लगायतका बिभिन्न संरचना बनाउन ३ कराेड ८८ लाख बिनियोजन भएको ईन्जिनियर बिरेन्द चाैधरीले बताए । कार्यक्रम शितगङ्गा वडा न. ८ का अध्यक्ष रूकेश आलेकाे अध्यक्षता  र जस बहादुर राेकाको सञ्चालन वडा सदस्य बेल बहादुर रानाको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार