विश्वकप क्रिकेटको तयारी गर्न सरकारले विनियोजन गर्यो पाँच करोड

आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारी गर्न सरकारले नेपाल क्रिकेट सङ्घलाई (क्यान) लाई पाँच करोड रुपैयाँ विनियोजन गरेको छ । आउँदो जुनमा अमेरिका र वेस्ट इन्डिजमा आईसीसी टी–२० विश्वकप हुनेछ ।

क्यानले आज सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिदै यो ऐतिहासिक कदम भएको भन्दै क्यानले सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रति आभार व्यक्त गरेको छ साथै सरकार र राखेपको यस साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास क्यानले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार