अर्घाखाँची
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन महिला विभाग तथा पालिका समितिको आयोजनामा समान सहभागिता र सशक्तिकरणका लागि महिलामा लगानी शीर्षकमा माध्यमिक तह स्तरीय निबन्ध लेखन प्रतियोगीता आज जिल्लाका ५ वटा पालिकामा सम्पन्न भएको छ।
प्रतियोगितामा पाँच वटा पालिकामा गरि ४० वटा बिद्यालय सहभागी भएका आयोजकले जानाकारि गराएको छ । सबै पालिकाका प्रथम हुनेलाइ १५ सय द्धितिय हुनेलाई रु १२सय, तृतीयलाई, १हजार र सान्त्वना हुने बिद्यार्थिलाई ८सय नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रम शितगङ्गा नगरपालिकामा ठाडा सामुदायिक भवन, सन्धिखर्क नगरपालिकामा भगवती मा.बि. सङ्खेटारी, भुमिकास्थानमा शारदा मा.बि. ढिकुरा, मालारानी गाउँपालिकाको सभाहल र छत्रदेवले सार्वजनिक मा.बि. छत्रगंजमा सम्पन्न भएको नेपाल रास्ट्रीय शिक्षक संगठनका जिल्ला उपाध्यक्ष तथा महिला बिभाग संयोजक सीता बन्जाडेले जानकारी दिनुभएको छ।