अस्लम अलि / छत्रदेव
नेपाल राष्ट्रिय शिक्षक संठन छत्रदेव गाउँपालिका समिति, को आयोजना माध्यमिक तह स्तरीय निबन्ध लेखन प्रतियोगीता बुधवार छ्त्रगङ्जमा सम्पन्न भएको छ।
११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन महिला विभागको आयोजनामा ‘समान सहभागिता र सशक्तिकरणका लागि महिलामा लगानी´ भन्ने शीर्षकमा सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको सहभागीता रहेको प्रतियोगितामा कार्यक्रमको प्रमुख अतिथी सलिम मिया रहेका थिए ।
बिमला पान्डेको अध्यक्षता र शङ्कर भट्टराईको संचालन गरेको कार्यक्रममा प्रथम अन्जिला वि.क. महेन्द्र वि.वो. नेत्रलाल राममणी मा.वि. बल्कोट, द्वितीय एमुना खनाल नेपाल राष्ट्रिय मा.बि ठुलापोखरा तृतीय तृप्ती आचार्य सार्वजनिक मा.वि. छत्रगन्ज भएका छन ।