१६ वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दै

फाइनल पुग्न निकै महत्त्वपूर्ण मानिएको १६ वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दैछ ।  खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा शुरु हुनेछ ।

फाइनल प्रवेशका लागि दुवै टोलीलाई आजको खेल जित्नैपर्ने बाध्यता छ । बङ्गलादेश लगातार दुई खेल जित्दै फाइनलमा पुगिसकेको छ । दुई अङ्क भएको भारत दोस्रो स्थानमा र समान दुई अङ्क भएको नेपाल गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । दुवै खेल हारेको भुटान अङ्कविहीन हुँदै बाहिरिसकेको छ । फाइनल खेल आउँदो आइतवार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार