शोभाखर पन्थी
अर्घाखाँची / फागुन-२४
अर्घाखाँची उद्योग वाणिज्य संघका उपाध्यक्ष काजी श्रेष्ठले भगवती माध्यमिक विद्यालयका छत्र(छात्राहरुलाई शैक्षिक सामग्री वितरण गर्नु भएको छ ।
आफ्ना छोरा शुभम श्रेष्ठको जन्मदिनको अबसरमा उहाँले भगवती माध्यमिक बिद्यालय सन्धिखर्क-२ कुर , देविस्थानमा अध्ययनरत पूर्व प्राथमिक कक्षा देखि कक्षा-७ सम्मका संपूर्ण वालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नु भएको हो । सोही अबसरमा उहाँले विद्यालयमा अध्ययनरत छात्र-छात्राहरुलाई भोजनको समेत व्यवस्था मिलाउनु भएको थियो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा मन्तव्य राख्दै उहाँले बालबालिकाको सेवा गर्न पाउँदा निक्कै आनन्दको महसुस हुने बताउनु भयो । उपाध्यक्ष श्रेष्ठले चाडबाड र मेला पर्वमा गरिने फजुल खर्च नियन्त्रण गरेर सामाजिक क्षेत्रमा लगाउनको निम्ति सानो सुरुवात मात्र गरेको भन्दै आफुलाई विद्यार्थी भाइबहिनी बीच भेटेर दुस्ख सुख साट्ने अवसर प्रदान गरेको भन्दै विद्यालयलाई धन्यावाद समेत दिनु भयो ।
अर्घाखाँची युवापरिषद्का अध्यक्ष समेत रहनु भएका समाजसेवी श्रेष्ठले आवस्यक परे विद्यार्थीलाई हर किसिमले सहयोग गर्न आफु तत्पर रहेको बताउनु भयो । उहाँले बिद्यालय जस्तो पवित्र मन्दिरमा सहयोग गर्दा हुने आनन्द अन्त कतै नपाईने समेत बताउनु भयो ।
भगवती माध्यमिक विद्यालय कुर,शंखेटारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसालको अध्यक्षता र प्रधानाध्यापक ध्रुवबहादुर खत्रीको संचालनमा सम्पन्न कार्यक्रममा श्रेष्ठकी दिदी तथा शिक्षक माया श्रेष्ठ , भगवती स्थानका ईन्चार्ज माया ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच समाजसेवी काजी श्रेष्ठले शिद्धेश्वर शिवालयमा मन्दिर चुत्रावेसीमा आबासिय पाणिनि वेद बिद्याश्रमका विद्यार्थी तथा वटुकहरुको भोजनको निम्ति करिब ११ हजार ८ सयको खाद्य सामग्री उपलब्ध गराउनु भएको छ ।
स्मरण रहोस् केहिदिन अगाडि मात्र श्रेष्ठले भगवती माध्यमिक विद्यालयमा दाजुहरु ठाकुर प्रसाद श्रेष्ठ र कृष्णप्रसाद श्रेष्ठको सहगोमा आफना वुवा नन्दलाल श्रेष्ठ ८४ बर्ष पुरा भएको अबसरपारी ११ लाख ११ हजार १ सय ११ रुपैयाँको नन्दलाल-उमाकुमारी अक्षयकोष निर्माण गर्नु भएको छ । उहाँले सोही अबसरमा पाणिनि वेद विद्याश्रमलाई समेत २ लाख २२ हजार २ सय २ रुपैयाँ प्रदान गर्नु भएको जनाईएको छ ।
उद्योग वाणिज्य संघका उपाध्यक्ष श्रेष्ठ द्वारा छोराको जन्मदिनमा शैक्षिक सामग्री वितरण
तपाईको प्रतिक्रिया