४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

अर्घाखाँची : ११४ औं अन्तर्राष्ट्रिय नारि दिवस विविध कार्यक्रम गरी मनाइयो

११४ औं अन्तर्राष्ट्रिय नारि दिवस अर्घाखाँची जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । सन्धिखर्कमा आयोजना गरिएको कार्यक्रममा महिला अधिकार सुनिश्चत गर्ने कुरामा पहल कदमी लिने कुरामा सरोकारवालाहरूले प्रतिवद्धता ब्यक्त गरेका छन ।
सन्धिखर्क नगरपालिका अर्घाखाँचीले आयोजना गरेको कार्यक्रममा महिलामा लगानि सभ्य र समुन्नत समाजको थालनि भन्ने मुल नारारका साथ ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले उक्त प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा सघिय संसद् बिजुला रायमाझीले राजनीतिक परिर्वतनका लागि महिलाको ठुलो योगदान रहेको हुँदा महिलाको योगदानलाई भुल्न नहुने बताउदै महिलाहरुको हक अधिकारका लागि सबै राजनीतिक दलहरु प्रतिबद्ध हुनु पर्ने कुरा बताउनु भएको थियो । उक्त कार्यक्रममा महिलाहरुका हकहित, अधिकार र राजनितिमा लामो यात्रा तय गर्नु भएका राजनिति नेतृहरुलाई सम्मान र कुर्सी दौड प्रतियोगितामा प्रथम, द्वितिय,तृतीय र शान्तना पुरस्कर वितरण पनि गरिएको थियो
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले महिलामाथि हुने हिंसा दुव्र्यवहार नियन्त्रण र महिलाहरूको अधिकार सुनिश्चत गर्नको लागि सन्धिखर्क नगरपालिका प्रतिबद्ध भएर लागि परेको बताए ।
नगरप्रमुख श्रेष्ठले महिला हिंसा नियन्त्रण र पीडितलाई न्याय र पीडकलाई कानुनी कारवाही गर्ने दायित्व राज्यको भएको बताउदै अधिकार सुनिश्चितताका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको दाबि गरे ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख मिश्रा आचार्यले महिलाहरूको आर्थिक रूपमा सशक्तीकरण हुनुपर्छ भन्दै सामाजिक रूपमा परिवर्तन हुनु पनि विकास भएकोले स्थानीय तहले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका कार्यक्रममा लगानी गर्ने बाताबरण मिलाउन सबैले सहयोग गर्नु पर्ने बताईन ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मी ज्ञवालीले समाजमा हुने परम्परागत सोचकै कारण महिलाहरु माथि उठ्न नसकेको धारणा व्यक्त गरिन ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले महिलाहरू सक्रिय नभएकै कारण घर परिवार, समाजदेखि राष्ट्रिय स्तर सम्म विभेद खेप्नुपरेको वर्तमान अवस्थालाई औँल्याउँदै आफ्नो अधिकार प्राप्तिका लागि सबै महिलाहरू आफै एकजुट हुनुपर्ने बताए ।
एकीकृत समाजबादि का जिल्ला अध्यक्ष राम बहादुर चौहान राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसि लगाएत सरोकारवाला विभिन्न ब्यक्तिहरुको सहभागीता रहेको थियोे । महिला तथा बालबालिका शाखा प्रमुख पुष्पा भुसालको सञ्चालनमा कार्यक्रम सप्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार