अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकामा जारि सातौँ पाणिनि दुर्वाशेश्वर महोत्सवको चौथो दिन भोलि धुर्मुस सुन्तलि आउने भएका छन् । बहुचर्चित हास्य कलाकार जोडि सिताराम कट्टेल (धुर्मुस) र सुन्तलिको दर्शकहरुलाई मनोरञ्जन दिन दुर्गाफाँट आउँने भएका हुन् । उनिहरु सँगै पाणिनिमा जन्मेर राष्ट्रिय रुपमै स्थापित लोक दोहोरी गायक कुशल बेल्वासे र अन्य चर्चित कलाकारहरु पनि आउने जानाकारि आयोजकले जानाकारि गराएको छ ।
महोत्सवमा आज कलाकार रिता थापा र श्याम रानाले आफ्नो प्रस्तुति दिएका थिए । महोत्सवमा अपेक्षा भन्दा बढि दर्शकहरुको उपस्थिति भैरहेको आयोजकले बताएको छ । महोत्सव २८ फाल्गुण सम्म चल्ने छ ।


