२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

कांग्रेसले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बनाउने

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले युवराज शर्मालाई मङ्गलवार हुने राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बनाउने भएको छ ।
नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने योजनासहित राष्ट्रिय सभा सदस्य बनाएको कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउन लागेको हो । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पार्टी सांसदीय दल कार्यसमितिको बैठकले शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी संसदीय दलकी सचेतक सुशीला थिङले जानकारी दिएका हुन । पार्टीको तर्फबाट प्रस्तावित अध्यक्ष पदका उम्मेदवार शर्माको पक्षमा मतदान गराउनका लागि अन्य प्रतिपक्ष दलहरूसँग पनि छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार