३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

पाणिनि दुर्वाशेश्वर महोत्सवमा आज भजन प्रतियोगिता र एलिना चौहानको प्रस्तुति हुने

शिवराज बेल्वासे / अर्घाखाँची
सातौँ पाणिनि दुर्वाशेश्वर महोत्सवमा आज भजन प्रतियोगिता साथै एलिना चौहानको प्रस्तुति हुने भएको छ । २४ गतेबाट दुर्गाफाँटमा शुरु भएको महोत्सवमा देश तथा विदेशमा ख्याति प्राप्त कलाकारहरुको निरन्तर प्रस्तुति रहदै आएको छ । धोकेवाज हौ तिमि भन्ने गितबाट चर्चामा रहेकि गायिका चौहान युवा युवतिहरुको रोजाईमा पर्ने गरेकि छिन ।
गायिका चौहानका साथै अन्य कलाकारहरुको पनि प्रस्तुति रहने आयोजकले बताएको छ । साथै आज स्थानिय लोक भजन प्रतियोगिता पनि दर्शकहरुका लागि अर्को खुराक हुने आयोजकले बताएको छ । स्थानिय धार्मिक तथा पर्यटकिय स्थलहरुको पर्वद्धन गर्दै ति स्थानहरुको प्रचार प्रसार गर्ने उद्येश्यले पाणिनि पर्यटन समाजको आयोजनामा शुरु भएको महोस्व भोलि फाल्गुण २९ गते समापन हुने बताईएको छ ।

महोत्सवमा हिजो चर्चित हास्य कलाकार धुर्मुस , सुन्तली र लो दोहोरि गायक कुशल बेल्वासेले दर्शकहरुलाई मनोरन्जन दिलाएका थिए ।

May be an image of 10 people, people smiling, dais and text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार