प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरेर्को छन । आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत र विपक्षमा एक सय १० मत प्राप्त भएको छ । मत विभाजन प्रक्रियामा एक मत दिन्न भन्नेमा खसेको थियो ।
बैठकमा दुई सय ६८ सांसद उपस्थित थिए भने सात जना सांसद अनुपस्थित थिए । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि एक सय ३८ मत आवश्यक पर्छ । सभामुख देवराज घिमिरेले मत विभाजनको परिणाम सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो ।
प्रधानमन्त्रीलाई सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी ९एमाले०, नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०, नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका थिए ।