२२ मंसिर २०८१, शनिबार
२२ मंसिर २०८१, शनिबार

शैक्षिक गुणस्तर सुधारका लागि वडा कार्यालयको नविन प्रयास

अर्घाखाँची ।

जिल्लाको पाणिनी गाउँपालिका वडा न. ७ अड्गुरीले यसवर्षको वार्षिक परिक्षामा कक्षा ३ र ५ को मुल्यांकन फरक तरिकाबाट गर्ने र वास्तविक शैक्षिक धरातल पत्ता लगाइ गुणस्तर वृद्धिका लागि पहल गर्दै सामुहिक प्रयासमा साझेदारी गर्ने योजना बनाएको छ ।

कक्षा ३ र ५ को ३ विषयहरुको परीक्षा अनुगमन गर्ने त्यसका लागि प्रधानाध्यापक तथा ब्यवस्थापन समितिको समेत अपनत्व हुने गरि कार्यदल समेत निर्माण गरेको छ ।  समिति ७ न. वडाका अध्यक्ष गुनाखर अधिकारीको सम्योजकत्वमा  शिवमदन माध्यमिक बिद्यालयका ब्यवस्थापन समिती अध्यक्ष तुल्सिराम पौडेल, बिद्या विनोद माध्यमिक बिद्यालयका ब्यवस्थापन समिती अध्यक्ष कमल प्रसाद घिमिरे , शिवमदन माध्यमिक बिद्यालयका प्रधानाध्यापक राजेन्द्र पौडेल, जनसेवा माध्यमिक बिद्यालयका प्रधानाध्यापक शालिकराम बेल्वासे सदस्य रहेका छन । समितिको सदस्य सचिव वडा सचिव नन्दा भट्टराई रहेका छन ।

परीक्षा पश्चात कापी परिक्षण गरि परिक्षाफल विश्लेषण गर्ने र सरोकारवाला निकायसङ्ग अन्तरक्रिया गरि सुझाव सङ्कलन , पृष्ठपोशण र शिक्षामा अग्रगामी योजना निर्माण गर्ने योजना वडाले लिएको छ ।

वडाले शिक्षक अभिभावक समन्वय वृद्धि गर्न कक्षा शिक्षकलाई प्रोत्साहन गर्ने लक्ष्य समेत लिएको कार्यदलका संयोजक वडा अध्यक्ष गुनाखर अधिकारीले बताएका छन ।

कार्यक्रम पश्चात सबै  बिद्यालयको कक्षा १-५ को वास्तविक शैक्षिक उपलब्धि पत्ता लगाई नयाँ शैक्षिक योजना बनाउन बेश लाईन हुने र शिक्षामा सबैको अपनत्व वृद्धि भई सिकाई र बिद्यालयको समग्र पक्षमा सुधार आउने विश्वास लिएको समिती सदस्य राजेन्द्र पौडेलले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार