२८ असार २०८१, शुक्रबार
२८ असार २०८१, शुक्रबार

बढन थाले आगलागिका घटना, सचेत रहन आग्रह

गर्मि शुरु हुन थाले सँगै देशका विभिन्न स्थानमा आगलागिका घटनाहरु बढन थालेका छन् । आगलागिका घटना बढ्न थालेसँगै प्रहरि र सरोकारकालाहरुले सचेत रहन आग्रह गरेका छन् । नेपालमा आगलागिबाट प्रत्येक वर्ष आगलागिबाट ठुलो मानविय तथा आर्थिक र भौतिक क्षति हुने गरेको छ । कतिपय लापर्वाहि र मानविय त्रुटिका कारण पनि यस्ता घटना हुने गरेका छन् ।

यसैविच मोरङको रङ्गेली–३ बाबुसाहेब टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेका इलाका प्रहरी प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ । हिजो दिउँसोदेखि शुरु भएको आगलागी बस्तीमा फैलि‌दा १९ घरधुरीका २५ परिवार विस्थापित भएका रङ्गेली नगरपालिका उपमेयर गोमा पराजुलीले जानकारी दिएका हुन । प्रहरी प्रमुख प्रहरी निरीक्षक बुद्धि चौलागाईंका अनुसार बाक्लो बस्ती रहेकाले आगलागीका कारण धेरै घरमा क्षति पुगेको हो ।

कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरैँचा नगरपालिका र विराटनगर महानगरको बारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा झण्डै तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

यस्तै मोरङको पथरी शनिश्चरे वडा नम्बर–१ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । गएराति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरी सामग्रीसहित अन्न जलेको हो ।

स्थानीयबासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार