८ बैशाख २०८२, सोमवार
८ बैशाख २०८२, सोमवार

शान्ति मा. वि बाँगीको हीरक महाेत्सव सफल बनाउन बैठक

 हरि कुँवर, अर्घाखाँची ।

अर्घाखाँची मालारानी गाउँपालिका-५ शान्ति मा.वि बाँगीकाे वैशाख ३ गते हुन लागेको हीरक महाेत्सव सफल बनाउन बैठक सम्पन्न भएको छ । विद्यालयका प्र.अ मानबहादुर पाण्डेकाे उपस्थितिमा भुतपुर्व विद्यार्थी समाजका अध्यक्ष नारायण भुसालको अध्यक्षता नेपाल पत्रकार महासंघ जिल्ला उपाध्यक्ष बिरेन्द्र केसी , पत्रकार नवीन केसी , सुनिता क्षेत्री लगाएत को उपस्थित रहेको बैठक सनिवार सन्धिखर्कमा सम्पन्न भएको हो । बैठकले महत्त्वपूर्ण निर्णय गरेको थियो ।

चैत १० गते दिउँसो २ बजे शान्ति मावि बाँगीमा पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ । यस्तै हीरक महाेत्सव गितकाे लागि कलाकार माेहित मुनाल र अभिनव चाैहानलाई जिम्मा दिने र CRBT सहितको संयाेजन गर्ने जिम्मा अशाेक चाैहानलाई दिने भएको हो । टारीमा स्वागत गेट निर्माण गर्ने र फेसबुकमा फाेटाे फ्रेम तयार गर्न भूपु विद्यार्थी बावुराम रसायली र शिक्षक जयबहादुर राेकालाई जिम्मा दिइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार