बाग्लुङको निसीखोलामा बस दुर्घटनामा भएको छ । दुर्घटनामा घाइते भएका ३१ जनाको उद्धार गरिएको छ । बागलुङ प्रहरीका अनुसार ७ जनाको घटना स्थलमै मृत्यु भएको छ ।
हालसम्म ७ जना घाइतेहरूलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको बागलुङ प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बस रुकुमबाट काठमाडौं जाँदै गरेको थियो ।

